सिलगढी विधानसभा युवा कङ्ग्रेस कमिटीद्वारा नगरनिगम प्रशासकलाई ज्ञापन

सिलगढी : कोरोना संक्रमितहरूले उपचारको लागि भोगिरहेको असुविधा लगायत अन्य विविध मागलाई लिएर सिलगढी विधानसभा युवा कङ्ग्रेस कमिटीले आज नगरनिगमका प्रशासक गौतम देवसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। हाल सिलगढी सहरमा पनि कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेका छन् भने संक्रमितहरूको उपचार गराउनको लागि परिवारका सदस्यहरूले विविध समस्याहरू झेल्न परिरहेको छ। कुनै अस्पतालमा बेडको अभाव छ भने कुनै अस्पतालमा उपचारको लागि मानिसहरूले धेरै रुपियाँ तिर्न बाध्य भइरहेका छन्। यसको साथै औषधी तथा अक्सिजनको समेत कालो बजार चलिरहेको छ। यसैले गर्दा यी सबै विषयमाथि प्रशासनले हस्तक्षेप गर्नुपर्ने माग गर्दै आज सिलगढी विधानसभा युवा कङ्ग्रेस कमिटीका सभापति सायन घोषको नेतृत्वमा सिलगढी नगरनिगमका प्रशासक गौतम देवसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *