सिलगढी विद्यासागर विद्यालयको विविध कार्यक्रम

सिलगढी : सिलगढी विद्यासागर विद्यालयले आफ्नो स्थापनाकालको 50 वर्ष पुरा गरेको उपलक्ष्यमा एक वर्षव्यापी कार्यक्रमको आयोजना गरिरहेको स्कुलका प्रधान शिक्षक अमृत चन्द्र नन्दीले जानकारी दिएका छन्। आज पत्रकार सम्मेलनको आयोजना गरेर तिनले गत 6 फरवरीदेखि स्कुलमा केही कार्यक्रमहरू शुरू भएको साथै वर्षभरि नै विविध कार्यक्रमहरूको आयोजना गर्ने बताए। यसको साथै स्कुलका भूतपूर्व विद्यार्थी, शिक्षक-शिक्षिकाहरूलाई लिएर एउटा म्याराथान दौडको आयोजना गरिसकेको तिनले बताए। यसबाहेक वर्षभरि नै तर्क प्रतियोगिता, रक्तदान शिविरलगायत विविध सचेतनतामूलक कार्यक्रमको आयोजना गर्ने तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *