सिलगढी बोइज हाई स्कुलमा 15 देखि 18 वर्षका विद्यार्थीहरूको लागि कोरोना टीकाकरण शिविर

सिलगढी : देशभरिमा झैँ यता सिलगढी सहरमा पनि 15 देखि 18 वर्षसम्मका विद्यार्थीहरूको लागि कोरोना टीकाकरण अभियान शुरू गरियो। सिलगढी बोइज हाई स्कुलमा पनि उक्त शिविरको आयोजना गरियो भने आज बिहानैदेखि कोरोनाको भ्याक्सिन लगाउने विद्यार्थीहरूको निक्कै भीड देखियो। उक्त टीकाकरण शिविरमा आज 600 जना विद्यार्थीहरूले कोरोनाको खोप लगाए। दुई दिनसम्म चल्ने उक्त शिविरमा मोठ 1190 जना नानीहरूलाई कोरोनाको खोप लगाइने बताइएको छ। उक्त विद्यालयका प्रधान अध्यापकले बताएअनुसार, विद्यार्थीहरूको लागि लगाइएको उक्त शिविरमा सरकार लगायत सिलगढी नगरनिगम तथा उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालले सहयोग पुर्‍यायो। कोरोनाको भ्याक्सिन लगाउन पाउँदा विद्यार्थीहरू पनि निक्कै खुसी भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *