सिलगढी बोइज हाई स्कुल संलग्न इलाकालाई जलमग्न हुनबाट निजात दिलाउन नगरनिगमको पहल

सिलगढी : हल्का पानी पर्नसाथ सिलगढीको बोइज हाई स्कुल तथा दीनबन्धु मञ्च इलाका जलमग्न हुने गर्दछ। उक्त क्षेत्रमा सटीक जल निकासी व्यवस्था नभएकोले गर्दा साधारण मानिसहरूलाई निक्कै समस्या हुने गर्दछ। उक्त समस्याको समाधान गर्न सिलगढी नगरनिगमले पहल गरेको छ। सिलगढीका मेयर गौतम देवले आज उक्त इलाकाको निरीक्षण गरेपछि चाँडै नै उक्त समस्याको समाधान गरिदिने इलाकावासीलाई आश्वासन दिएका छन्। मेयर देवले भने, प्रत्येक वर्ष वर्षाको मौसममा हल्का पानी पर्नसाथ उक्त इलाकामा घोडासम्म पानी जम्ने गर्दछ। यसले गर्दा उक्त इलाका भएर आवत-जावत गर्नेहरू लगायत विद्यार्थीहरूलाई निक्कै समस्या हुने गर्दछ। सहरवासीलाई उक्त समस्याबाट निजात दिलाउनको लागि तत्काल उपाय गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *