सिलगढी चम्पासरी बजार 10 दिनको निम्ति बन्द रहने

सिलगढी :  सिलगढीको चम्पासरी बजार भोलिदेखि 10 दिनको लागि बन्द रहने भएको छ। सिलगढीको स्टेट गेस्ट हाउसमा आज एउटा बैठकमा उक्त निर्णय लिएको छ। बैठकमा महकुमाशासक सुमन्त सहाय, नगरनिगमका कमिशनर सोनम वाङ्ग्दी भुटिया लगायत सिलगढी पुलिस कमिश्नरेटका उच्च अधिकारी एवम् चम्पासरी व्यवसायी समितिका सदस्यहरू उपस्थित थिए। स्मरण रहोस्, सिलगढी नगरनिगमको 46 नम्बर अन्तर्गत पर्ने चम्पासारी बजार क्षेत्रमा पनि कोरोना संक्रमितहरूको संख्या दिनहुँ बढ्दै गइरहेको छ। हिजो 46 नम्बर वार्डमा 7 जना मानिस कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर सिलगढीको चम्पासरीस्थित रेगुलेटेड मार्केटलाई बन्द गरिदिएको छ भने भोलिदेखि चम्पासरी बजार पनि 10 दिनको लागि बन्द गर्ने आजको बैठकमा निर्णय लिएको छ। बैठकपछि एउटा पत्रकार सम्मेलनमा नगरनिगमका कमिश्नर तथा महकुमाशासकले भोलिदेखि 10 दिनसम्मको लागि चम्पासरी बजार बन्द रहने जानकारी दिए। हाल, चम्पासरी बजारदेखि लिएर श्रीगुरू विद्यामन्दिरसम्मको सबै बजारहरू बन्द गरिने भएको छ। 46 नम्बर वार्डमा माइकिङको सहयोगमा मानिसहरूलाई जागरूक गराउँदै आवश्यक काम परे मात्र घरबाट बाहिर निस्कने सबैलाई अपील पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *