सिलगढी चम्पासरीको कतिपय ठाउँमा ब्यारिकेड, भोलिदेखि बजार बन्द

सिलगढी : सिलगढीको चम्पासरी बजार भोलिदेखि बन्द रहने भएको छ। आज प्रशासनको तर्फबाट चम्पासरी मोड लगायत श्रीगुरू विद्यामन्दिर स्कुल अघि बाँसको ब्यारिकेड लगाइदिएको छ। सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटिया तथा महकुमाशासक सुमन्त रायले आज उक्त इलाकाको परिभ्रमण गरे। नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटियाले बताएअनुसार आगामी लगभग 10 दिनसम्म यहाँको सडकमा बाँसको ब्यारिकेड लगाइरहने, यातायात नियन्त्रण गरिने, यहाँका सबै दोकानपाट तथा बजारहरू बन्द रहनेछ। अर्कोतिर, गाउँलेहरूको भनाइ अनुसार इलाकामा बाहिरका ट्रकहरू आउने गरेकोबारे तिनीहरूले महकुमाशासकलाई अवगत गराए। उक्त इलाकामा अब बाहिरको कुनै पनि ट्रकहरूलाई प्रवेश गर्न नदिने साथै यसबारे नजरदारी गरिने महकुमाशासकले आश्वासन दिएका छन्। स्मरण रहोस्, सिलगढीको 46 नम्बर वार्डमा केही कोरोना संक्रमितहरू भेट्टाएपछि संक्रमणलाई फैलिन नदिने उद्देश्यले उक्त वार्डको केही इलाकामा ब्यारिकेड लगाउनको साथै दोकानपाट, बजारहरू बन्द राख्ने निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *