सिलगढीको छात्रा हत्या काण्ड: आरोपी अब्बास दोषी ठहर, शुक्रबार अदालतले फसेला सुनाउने

अन्तत: सिलगढीको मतिगढा नाबालिक छात्रा हत्याकाण्ड मामिलामा सिलगढी महकुमा अदालतले आरोपी एमडी अब्बासलाई दोषी ठहर गरेको छ। अब अदालतले दुई दिन पछि अर्थात 6 सेप्टेम्बरको दिन दोषीलाई सजाय सुनाउने भएको छ। लगभग एक वर्ष एक महिनाको कानूनी लड़ाई पछि अभयाले न्याय पाएकोमा पिडित परिवार लगायत संघ-संगठनका सदस्यहरूले ठूलो राहतको श्वास फेरेका छन्। नाबालिक अभयालाई दुष्कर्म अनि त्यसपछि निर्ममतापूर्वक हत्या गरेको आरोपमा न्यायाधीशले सबै प्रमाण अनि गवाहीको आधारमा आरोपी एमडी अब्बासलाई दोषी ठहर गरेको छ।
स्मरण रहोस, गत वर्ष 22 अगस्त 2023 को दिन सिलगढीको मतिगढी थाना अन्तर्गत एउटा खाली सुनसान मैदानमा एकजना स्कूल पढ्दै गरेकी छात्रा अभया (नाम परिवर्तन) सित स्कुलकै ड्रेसमा दुष्कर्म अनि हत्या गरिदिएको अवस्थामा शव उद्धार भएको थियो। उक्त घटनाको लगभग 6 घन्टाको अवधिमा नै पुलिसले आरोपी एमडी अब्बास नाम गरेका एकजना युवकलाई पक्राउ गरेको थियो। त्यसपछि उक्त मामिला सिलगढी महकुमा अदालतमा चलिरहेको थियो। मृतक स्कूलका छात्रा अभयालाई न्याय दिलाउनका लागि तिनका परिवार लगायत जस्टिस फर अभया समुहका सदस्यहरूले लगातार कानूनी लडाई लडिरहेको थियो। माटीगाड़ा छात्रा हत्या काण्ड मामिला एक वर्ष भन्दा अधिक समय बितेर गएको थियो। तथापि परिवार पक्ष न्यायको पर्खाइमा रहेको थियो। आज फसेलाको तारीख रहेकोले परिवारका सदस्य, पिडिताको आमा लगायत संघ-संस्थाका सदस्यहरू धेरै संख्यामा सिलगढी अदालतमा उपस्थित थिए। उक्त मामिलाको सुनवाई अवधि आज सिलगढी महकुमा अदालतमा आरोपी अब्बासलाई दोषी करार दिएपछि पिडिताका आमाले सबै वकिल, न्यायापालिका लगायत अभयाको न्यायको लागि हालसम्म लगातार साथ दिने सबै संघ संस्थाका सदस्यहरू प्रति कृतज्ञता प्रकट गरेका छन्। अर्कोतिर, अब अभया हत्याकाण्डको दोषी करार गरेका आरोपी अब्बासले के कस्ता सजाय पाउने हुन् भन्ने विषयमा सबैको नजर अडिएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes