सिलगढी क्षेत्रमा सीएए-बारे मानिसहरूलाई जानकारी गराए सांसद राजु विष्टले

सिलगढी : दार्जिलिङ जिल्लाका भाजपा सांसद राजु बिष्ट आज विमानमार्फत् बाघडुग्रा हवाईअड्डा ओर्लिएपछि सोझै जनसम्पर्क अभियानको निम्ति विभिन्न ठाउँहरूको लागि प्रस्थान गरे। प्राप्त जानकारीअनुसार सांसद विष्टले आफ्नो संसदीय क्षेत्रका मानिसहरूलाई सीएए-बारे सटीक जानकारी गराउनको निम्ति विभिन्न कार्यक्रमहरू गर्ने भएका छन्। यसको साथै तिनले घर-घरमा गएर मानिसहरूलाई यसबारे अवगत गराउने छन्। आज तिनले सिलगढीको अप्पर बाघडुग्राको एउटा कार्यक्रममा अंश ग्रहण गरे। यहाँ तिनले उपस्थित मानिसहरूलाई सीएए-बारे भएको अन्योलताबारे जानकारी गराउँदै सीएए-ले कुनै प्रकारको असुविधा सृष्टि नहुने दावी गरे। यहाँको कार्यक्रमपछि तिनी यहाँबाट सोझै रानीडाङ्गामा सम्पन्न हुने जनता दरबार कार्यक्रममा प्रस्थान गरिने बताइएको छ। उक्त कार्यक्रमपछि तिनी साँझको समय अठारोखोई क्षेत्रको शीशाबाड़ी र बालासन कोलनीमा सीएए-बारे मानिसहरूलाई जानकारी गराउन घर-घरमा पुग्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *