सिलगढी कलेज बन्द गराउन असमर्थ बन्यो युवा कङ्ग्रेस

सिलगढी : नवान्न अभियान अवधि पुलिसले वाम-कङ्ग्रेसको छात्र संगठनका समर्थकहरूमाथि बर्बरतापूर्वक गरेको लट्ठीचार्जको प्रतिवादमा विभिन्न वाम संगठनहरूले आज बङ्गालमा 12 घण्टाव्यापी बन्द बोलाइएको छ। बन्दलाई सफल तुल्याउन आज बिहानैदेखि वाम र कङ्ग्रेस समर्थकहरू सडकमा ओर्लिएका छन्। यसको साथै तिनीहरूले स्कुल-कलेज बन्द गराउनको लागि आज स्कुल-कलेजमा विक्षोभ प्रदर्शन गरे। सिलगढी कलेज बन्द गराउने प्रयास गर्दा युवा कङ्ग्रेस र तृणमूल छात्र परिषद्‌माझ विवाद शुरू भयो। यसपछि तृणमूल छात्र परिषद्का सदस्यहरूले तिनीहरूलाई कलेजबाट फर्काइ दिए। तृणमूल छात्र परिषद्ले बन्दलाई पालन नगर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *