सिलगढी कलेजको स्थापना दिवसमा मन्त्री गौतम देवले गरे विविध परियोजनाको उद्घाटन

सिलगढी : सिलगढी कलेजको 71औँ स्थापना दिवस आज पालन गरियो। राज्यका पर्यटन मन्त्री गौतम देवले कलेजको झण्डा उत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गर्नको साथै धेरैवटा परियोजनाको उद्घाटन पनि गरे। सिलगढी कलेजमा वेदर अबजरभेटरी, नयाँ साइकल स्ट्यान्ड, ट्रान्सफर्मर लगायत अन्य विविध परियोजनाको मन्त्री देवले उद्घाटन गरे। यस अवसरमा तिनले कलेजको मैदानमा प्रातः भ्रमण लगायत अन्य उद्देश्यको लागि प्रयोग गर्न सकियोस् भन्ने बारेमा विचार गर्ने साथै एसजेडीएसित कुराकानी गरेर कलेज मैदानको नवीकरणको कार्य चाँडै शुरू गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *