सिलगढी कलेजमा इन्टर कलेज मोडेल प्रदर्शनी

सिलगढी : सिलगढी कलेजमा इन्टर कलेज मोडेल एक्जिबिसन आजदेखि शुरू भयो। उक्त प्रदर्शनीमा सबै विभागका विद्यार्थीहरूले अंश ग्रहण गरेका छन्। विद्यार्थीहरूमा भएको प्रतिभालाई अझ तिखारेर लैजाने उद्देश्य लिएर उक्त प्रदर्शनीको आयोजना गरेको बताइएको छ। विभिन्न विषयबारे विद्यार्थीहरूद्वारा तयार पारिएको मोडेलहरू यस प्रदर्शनीमा हेर्न आउने मानिसहरूको निम्ति प्रदर्शनमा राखिएको छ।


उक्त मोेडेल प्रदर्शनीको प्रमुख थीम सोशल मीडिया, विद्यासागर र बाङ्ग्ला भाषाको उद्भव र विकासक्रम रहेको छ। प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *