सिलगढी कलेजमा कोरोना टीकाकरण शिविर

सिलगढी: सिलगढी नगर निगमको तत्वावधानमा आज सिलगढी कलेजमा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगर निगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले रिबन काटेर उक्त टीकाकरण शिविरको विधिवत् उद्घाटन गरे। यस अवसरमा प्रशासक मण्डलका सदस्य रञ्जन सरकार पनि उपस्थित थिए। यस शिविरमा विद्यार्थीहरू लगायत शिक्षक तथा प्राध्यापकहरूले आज भ्याक्सिनको पहिलो खोप लगाए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *