सिलगढी कलेजमा तृणमूल छात्र परिषदको स्थापना दिवस पालन

सिलगढी : तृणमूल छात्र परिषदको 25औँ स्थापना दिवस आज सिलगढी कलेजमा पालन गरियो। कार्यक्रमको शुरूआतमा सहिद वेदीमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गर्नको साथै झण्डा उत्तोलन गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका भारप्राप्त पहिलो सभापति तथा जिल्ला तृणमूलका महासचिव मदन भट्टाचार्य, तृणमूल छात्र परिषदका सदस्यहरू लगायत कलेजका विद्यार्थीहरू उपस्थित थिए। मदन भट्टाचार्यले भने, आजको दिन तृणमूल छात्र परिषदका सदस्यहरूको लागि भावनात्मक दिन हो। जादवपुर घटनाको पनि तिनले निन्दा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *