सिलगढी कलेजमा योग शिविरको आयोजना

सिलगढी : अन्तर्राष्ट्रिय योगा दिवस आगामी 21 जुनमा रहेकोले आज सिलगढी कलेजमा योगासन शिविरको आयोजना गरियो। एनसीसीको 16 नम्बर बटालियनको पहलमा एवम् उत्तरबंग आदर्श योगा अकादमीको सहयोगमा उक्त योग शिविरको आयोजना गरिएको हो। यस अवसरमा योग प्रशिक्षक शिव हाजरा सहित कलेजकाका विद्यार्थीहरू उपस्थित थिए। योग प्रशिक्षक शिव हाजराले आजको शिविरमा योग गरेर स्वस्थ रहन सकिन्छ भन्ने विषयमा जानकारी गराउनको साथै विभिन्न प्रकारको योगबारे बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *