सिलगढी कमर्स कलेजमा कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी : सिलगढी कमर्स कलेजमा आज कोरोना टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले उक्त शिविरको उद्घाटन गरे। उक्त शिविरमा मोठ 600 जनालाई कोरोनाको खोप लगाइने व्यवस्था गरिएको बताइएको छ। यस अवसरमा गौतम देवले भने, हाल दुईवटा कलेजमा कोरोना टीकाकरण शिविर सम्पन्न भइसकेको छ भने सिलगढी महिला कलेजमा कोरोनाको खोप लगाउन नपाएकाहरूको लागि अन्य कुनै दिन शिविरको आयोजना गरिने छ। यसपछि अन्य कलेजहरूमा पनि चाँडै नै कोरोना टीकाकरण शिविरको आयोजना गरिने तिनले बताए। उत्तरबंग विश्वविद्यालयमा पनि कोरोना टीकाकरण शिविरको आयोजना गर्नको लागि जिल्लाशासकलाई अनुरोध गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *