सिलगढी साइबर क्राइम-ले भोलि सोशल मीडियामार्फत् जागरूकता कार्यक्रम गर्ने

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको साइबर क्राइम विभागको तर्फबाट भोलि एउटा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ। सिलगढी मेट्रोपलिटन पुलिसको सोशल मीडिया अकाउन्ट फेसबुक पेजमा लाइभको माध्यमद्वारा उक्त कार्यक्रम गरिने भएको छ। हाल अनलाइन ठगी निक्कै बढिरहेको छ भने प्रतिदिन साइबर क्राइम थानामा केही ठगीको मामिला दर्ता गरिने गर्दछ। यसैलाई ध्यानमा राखेर साधारण मानिसहरूलाई अनलाइन ठगीबाट सतर्क एवम् बचाउने उद्देश्य लिएर उक्त कार्यक्रमको माध्यमद्वारा जागरुक गरिने भएको छ। भोलि साँझ 5 बजी सिलगढी मेट्रोपलिटन पुलिस नाम गरेको फेसबुक पेजबाट लाइभ कार्यक्रम गरिने भएको छ। यस  अवसरमा साइबर क्राइम विभागका आईसी शुभाशीष चाकी लगायत अन्य अधिकारी उपस्थित रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *