सिलगढीदेखि लाटागढीसम्म साइकल र्‍यालीको आयोजना

सिलगढी : विश्व पर्यावरण दिवस अगावै आज सिलगढीदेखि लाटागढीसम्म साइकल र्‍यालीको आयोजना गरियो। उत्तरेर परिवेश मञ्चको तर्फबाट उक्त र्‍यालीको आयोजना गरिएको हो। सिलगढी नगरनिगमका मेयर गौतम देव, विधायक शङ्कर घोष लगायत अन्यले झण्डा देखाएर उक्त साइकल र्‍यालीको शुरूआत गरे। उक्त साइकल र्‍याली सिलगढीको लालमोहन मौलिक घाटबाट शुरू गरेर लाटागढीमा पुगेर समापन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *