सिलगढी इस्ट बेङ्गल फ्यान क्लबद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी इस्ट बेङ्गल फ्यान क्लबको पहलमा यहाँको कञ्चनजङ्घा स्टेडियममा आज रक्तदान शिविरको आयोजना गरियो। प्राप्त जानकारी अनुसार गत केही दिन अघि मैनागढीमा भएको ट्रेन दुर्घटनामा घाइते भएका मानिसहरूलाई रगतको खाँचो परिरहेको छ भने हाल सिलगढी जिल्ला अस्पताल तथा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा रगतको संकट देखा परेको छ। यसैले गर्दा क्लबको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा संग्रह गरिएको रगत सिलगढी जिल्ला अस्पताल एवम् उत्तरबंग मेडिकल कलेजमा पठाइनेछ। सिलगढी इस्ट बेङ्गल फ्यान क्लबका कार्यकारी सभापति मदन भट्टाचार्यले बताएअनुसार उक्त क्लबको तर्फबाट प्रत्येक वर्ष रक्तदान शिविरको आयोजना गर्ने गर्दछ। रगतको कमीले गर्दा कुनै पनि रोगी मृत्यु नहोस् भन्ने क्लबको मूल्य उद्देश्य रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *