सिलगढी फुट्वेर एसोसिएशनले 4 दिनसम्म जनता कर्फ्यू पालन गर्ने

सिलगढी : देशमा कोरोनाको बढ़दो प्रकोपलाई ध्यानमा राखेर भोली आइतबार प्रधानमन्त्रीले आह्वान गरेको जनता कर्फ्यू-लाई सिलगढी फुट्वेर एसोसिएशनले पनि समर्थन जनाएको छ। उक्त जनता कर्फ्यू-लाई सफल बनाउनको लागि सिलगढी फुट्वेर एसोसिएशनले सबैलाई अपिल गरेको छ। एसोसिएशनका सदस्यहरूले आइतबार मात्र नभएर आगामी 4 दिनसम्म जनता कर्फ्यू पालन गर्ने निर्णय लिएको बताएका छन्। सिलगढी फुट्वेर एसोसिएशनका एकजना सदस्यले बताए अनुसार आगामी 4 दिनसम्म जनता कर्फ्यू लगातार पालन गरिने छ। देशहित साथै मानिसहरूलाई जागरूक गर्नका लागि यस प्रकारको फसेला लिएको हो। आवश्यक परेको खण्डमा समय सीमा अझ बढ़ाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *