सिलगढी : सिलगढीको 43 नम्बर वार्ड गाँधीनगरस्थित एउटा दोकानबाट पुलिसले नशालु पदार्थहरू सहित दोकानको मालिक सोनू श्रीवास्तवलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार आरोपी सोनू श्रीवास्तवले धेरै अघिदेखि नै सौदा दोकानको आडमा नशालु ट्याबलेट अनि कफ सिरफ बिक्री गर्दै आइरहेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले सादा पोशाकमा अभियान चलाएर श्रीवास्तवको दोकानबाट 136 वटा नशालु ट्याबलेट अनि 13 बोतल प्रतिबन्धित कफ सिरफ उद्धार गरेको छ। सिलगढीको भक्ति नगर थाना पुलिसले दोकानदार सोनू श्रीवास्तवलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेको बताइएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
