सिलगढी गेट बजारमा आगो लागेर 3 वटा दोकान भष्म

सिलगढी : सिलगढी नगरनिगमको एक नम्बर वार्ड अन्तर्गत जङ्क्सन गेट बजार इलाकामा आगलागी हुँदा 3 वटा दोकान जलेर खरानी भएको छ। स्थानीय मानिसहरूले बताएअनुसार हिजो अबेर राति कालो धुवाँसितै आगो लागेको देखे भने उक्त आगलागीमा हेर्दा हेर्दै त्यहाँको 3 वटा दोकान जलेर खरानी भयो। यसपछि आगलागीको घटनाबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। तथापि, के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे हालसम्म थाहा लागेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *