सिलगढी गेट बजार युथ क्लबको खुट्टी पुजासँगै काली पुजाको तयारी शुरू

सिलगढी (निसं): काली पुजा आउन अब केही दिन मात्र रहेकोले यसलाई लिएर सिलगढीको विभिन्न क्लबहरूमा पुजाको तयारी जोडतोडले चलिरहेको छ। यसैक्रममा आज गेट बजार युथ क्लबले पनि खुट्टी पुजाको माध्यम काली पुजाको तयारी शुरू गरेको छ। यसपल्ट क्लबको पुजा 50 औ वर्ष रहेको साथै पुजाको थीम “प्रार्थना” रहेको छ। कोरोना महामारीले गर्दा गत दुई वर्ष उक्त क्लबले काली पुजा साधरण रूपमा मनाएको थियो। आज खुट्टी पुजा गर्नको साथै मन्डप बनाउने काम पनि शुरू गरेको छ। पुजा कमिटीका सचिव सुब्रत सेनले बताए अनुसार कोरोना कालमा लगभग दुई वर्षसम्म मानिसहरू आ-आफ्नो घरभित्र नै थिए। त्यस अवधि मानिसहरूले भगवानसित कोरोना भाइरसबाट मुक्तिको लागि प्रार्थना गरिरहे। यसै कुरालाई विशेष ध्यानमा राखेर यसपल्ट पुजा पन्डालको माध्यमबाट त्यसलाई उजागर गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *