सिलगढी गुरुद्वाराले शुरू गऱ्यो नि:शुल्क अक्सिजन साथै भोजन परिसेवा

सिलगढी: कोरोनाको समयमा हाल सिलगढी गुरुद्वाराले प्रतिदिन आवश्यकमन्द साथै असहाय मानिसहरूलाई भोजन उपलब्ध गराइरहेको छ। केही दिन अघिदेखि गुरुद्वाराले निःशुल्क ‘अक्सिजन लंगर’ सेवा शुरू पनि गरेको छ। यस परिसेवामा दस वटा अक्सिजन कन्सनट्रेटर पनि राखिएको छ। यो परिसेवा शहरवासीहरूको लागि नि:शुल्क उपलब्ध गरिनेछ। सिलगढी गुरुद्वाराको तर्फबाट दिएको जानकारी अनुसार गुरुद्वारामा प्रत्येक दिन 500 जना मानिसहरूलाई भोजन वितरण गरिँदैछ। यसको साथै आवश्यकमन्दहरूको लागि निःशुल्क अक्सिजन सेवाहरू पनि शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *