सिलगढ़ी गुरूङ बस्तीबाट पिस्तोलसहित एकजना युवक पक्राउ

सिलगढ़ी : सिलगढ़ीको प्रधान नगर थाना पुलिसले हिजो अबेर राति गुरूङ बस्ती इलाकाबाट एउटा पिस्तोल, जिउँदो कार्तूससहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सिपुल रायको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार रविवार राति सिपुल राय पिस्तोल लिएर कसैको हत्या गर्ने उद्देश्यले गुरूङ बस्तीको रामनारायणा मैदानतर्फ गइरहेका थिए। यसबारे खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर आरोपी शिपुल रायलाई हतियारसहित पक्राउ गरे।


प्राप्त जानकारी अनुसार सिपुल रायको कुनै व्यक्तिसँग झगड़ा भएपछि तिनले साथीलाई पिस्तोल मागेर झगड़ा भएको व्यक्तिलाई मार्ने उद्देश्यले घरबाट निस्केका थिए। तथापि पुलिसको सक्रियताले गर्दा दुर्घटना हुन अगावै पुलिस शिपुल राय पक्राउ गर्न सफल भएको बताइएको छ। प्रधान नगर थाना पुलिसले आरोपी विरूद्ध आर्म्स एक्ट अन्तर्गत मामिला दर्ता गर्नको साथै आज तिनलाई सिलगढ़ी अदालतमा पेश गरियो। पुलिसले घटनाबारे विस्तृत रूपमा छानबीन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *