सिलगढी हैदरपाडामा गुड्डी उडाइरहेको समय छतबाट झरेर नाबालकको मृत्यु

सिलगढी : गुड्डी उड़ाइरहेको समय आज अपरान्ह भवनको छतबाट झरेर एकजना नाबालकको मृत्यु भएको छ। उक्त दुर्घटना सिलगढी हैदरपाड़ा मार्केट कम्प्लेक्समा घटेको हो भने मृतकको नाम सनी भुजेल रहेको छ। उक्त दुर्घटनापछि हैदरपाड़ा इलाकामा शोकको लहर छाएको छ।  स्थानीय मानिसहरूले बताए अनुसार आज अपरान्हको समय सनी भुजेल आफ्ना साथीहरूसित मार्केट कम्प्लेक्सको छतमा गुड्डी उडाइरहेका थिए। त्यहीँ समय तिनको गुड्डी छतको एउटा टिनको सेडमा अड्किएपछि त्यसलाई निकाल्ने प्रयास गर्दा उक्त सेड भत्किएपछि लडेर तिनको मृत्यु भएको बताइएको छ। घटनाको जानकारी पाएर वार्ड को-अर्डिनेटर सत्यजीत अधिकारी तथा भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes