सिलगढी हकर्स कर्नर व्यवसायी समितिको चुनाउ सम्पन्न

सिलगढी : सिलगढी हकर्स कर्नर व्यवसायी समितिको चुनाउ आज सम्पन्न भयो। वृहत्तर सिलगढी खुद्रा व्यवसायी समितिको व्यवस्थापनमा सिलगढी हकर्स कर्नर व्यवसायी समितिको चुनाउ आज सम्पन्न भयो। आज सम्पन्न व्यवसायी समितिको चुनाउमा मोठ 21 वटा आसनको लागि 42 जना प्रार्थीहरू चुनावी मैदानमा ओर्लिएका छन् भने भोटरहरूको संख्या लगभग 1 हजार 38 रहेको छ। आज बिहानैदेखि चुनाउ प्रक्रिया शुरू गरियो भने शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न गराउन मार्केटमा पुलिस बल तैनाथ गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना शुरू हुनेछ। यसपछि 21 जना विजयी प्रार्थीलाई लिएर व्यवसायी समितिको नयाँ कमिटी गठन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.