सिलगढी हर्टिकल्चर सोसाइटी तथा उत्तरबंग विश्वविद्यालयको कृषि विभागको पहलमा सेमिनारको आयोजना

सिलगढी : कृषकहरूलाई अत्याधुनिक पद्धतिमा विभिन्न प्रकारको सब्जी तथा फुलको खेती गर्न प्रोत्साहित गर्ने उद्देश्य लिएर सिलगढी हर्टिकल्चर सोसाइटी तथा उत्तरबंग विश्वविद्यालयको कृषि विभागको पहलमा आज एउटा सेमिनारको आयोजना गरियो। उक्त सेमिनारमा विभिन्न ठाउँबाट धेरैजना कृषकहरूले अंश ग्रहण गरेका थिए। कृषकहरूलाई कसरी विभिन्न प्रकारको सब्जीहरूको खेती गर्न सकिन्छ भन्ने विषयमा सेमिनारमा जानकारी गराइयो। उत्तरबंग विश्वविद्यालयका कृषि अधिकारी अमरेन्द्र कुमार पान्डेले बताएअनुसार साग-सब्जी लगायत पहाडमा फुलको खेती गर्नको लागि सेमिनारको माध्यमद्वारा कृषकहरूलाई प्रोत्साहित गरियो। यसको साथै पहाडमा खेती गरेर कृषकहरूले आर्थिक लाभ उठाउन सक्ने विषयमा पनि उक्त सेमिनारमा चर्चा-परिचर्चा गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *