सिलगढी हिलकार्ट रोड व्यवसायी समितिद्वारा रक्तदान शिविर

सिलगढी (निसं): प्रत्येक वर्ष झैं यस वर्ष पनि सिलगढीको हिलकार्ट रोड व्यवसायी समितिले रगतको समस्यालाई समाधान गर्नका लागि पहल गरेको छ। आज लायन्स क्लब अफ सिलगढी ग्रेटर यूथको सहयोगमा रक्तदान शिविरको आयोजना गऱ्यो। प्राप्त जानकारी अनुसार आज हिलकार्ट रोड व्यवसायी समितिको भवनमा रक्तदान शिविर साथै निःशुल्क नेत्र जाँच शिविरको पनि आयोजना गरियो। यस शिविरमा पुरुष तथा महिलाहरूले रक्तदान गरे। यसबारे हिलकार्ट रोड व्यवसायी समितिका अध्यक्ष विजय कुमार गुप्ताले भने, यो कार्यक्रम प्रत्येक वर्ष गर्दै आइरहेका छौ। रगतको सङ्कटलाई पूरा गर्नको लागि यस शिविरको आयोजना गरिएको हो। शिविरमा महिलाहरूले पनि उत्साहको साथमा रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *