सिलगढी हङकङ मार्केटमा नेपालबाट आएका ग्राहकहरूलाई कुटपिट, थानामा अभियोग दर्ता

सिलगढी (निसं): दोकानदारका लागि कुनै पनि ग्राहक भगवान समान हुन्छ भन्ने भनाई रहे तापनि सिलगढीको हङकङ् मार्केटमा एकजना 17 वर्षीय युवा ग्राहकलाई कुटपिट गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि हङकङ मार्केटका व्यवसायीहरूको व्यवहार माथि प्रश्न उठ्न थालेको छ। पिडित युवकले बताए अनुसार सिलगढी नगर निगमको 43 नम्बर वार्ड अन्तर्गत गान्धी नगर इलाकामा केही आफन्तहरू नेपालबाट आएकोले तिनीहरू समानहरू किन्नको लागि हङकङ मार्केट गएका थिए। त्यहाँ एउटा दोकानमा चप्पल किन्ने विषयलाई लिएर व्यवसायी र ग्राहकमाझ झै-झमेला भएको बताइएको छ। यस अवधि हङकङ मार्केटका व्यवसायीले युवकलाई मोटो भएकोमा उपहास गर्दै अशोभनीय शब्दको प्रयोग गर्नको साथै केही व्यवसायीहरू मिलेर 17 वर्षीय युवक पुकार छेत्री लगायत अन्य महिला-पुरूष ग्राहकहरूलाई कुटपिट गरेको आरोप लगाइएको छ। यसको साथै 17 वर्षीय युवकलाई हङकङ मार्केटका केही व्यवसायीहरूले खेदी-खेदी टाढा पुगिञ्जेलसम्म शरीरको विभिन्न ठाउँमा कुटपिट गरेकोले बाहिरी तथा भित्री चोट लागेको बताएको छ। उक्त घटना पछि पीडित परिवारको पक्षबाट सिलगढीको पानीट्याङ्की आउट पोस्टमा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पानीट्याङ्की आउट पोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको बताएको छ। यसैगरी, उक्त घटनालाई लिएर नेपालबाट आएका आफन्त ग्राहकहरूलाई कुटपिट गरेकोमा देवी बस्नेत तामाङले तीव्र निन्दा गर्दै दोषीहरूलाई कार्वाही गरिनु पर्ने माग गरेकी छन्। तिनले अब सिलगढी नआउने समेत बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *