सिलगढी इन्डोर स्टेडियम अघिको सडक बेहाल अवस्थामा, स्थानीयहरूद्वारा मरमतिको माग

सिलगढी :  सिलगढी इन्डोर स्टेडियम अघि फुलेश्वरी बजारदेखि एनटीएस मोड जाने सडक बेहाल अवस्थामा रहेकोले स्थानीय मानिसहरूले धेरै समस्या भोग्न परिरहेको छ। यसैले चाँडै उक्त सडकको मरमति गर्ने स्थानीय मानिसहरूले माग गरेका छन्। फुलेश्वरी ब्रिजदेखि सडकको अवस्था अति नै सोचनीय रहेको साथै ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डो रहेकोले वर्षाको समयमा त्यहाँ पानी जम्ने गरेको स्थानीय लगायत वाहन चालकहरूलाई धेरै असुविधा भइरहेको छ। सडकको बेहाल अवस्थाले गर्दा समय-समयमा दुर्घटना समेत हुने गरेकोले स्थानीय मानिसहरूले चाँडै उक्त सड़कको मरमति गर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *