सिलगढी इस्कनमा जगन्नाथ देवको रथयात्राको तयारी शुरू

सिलगढी (निसं): जगन्नाथ देवको रथ यात्रा आगामी 7 जुलाईको दिन हुनेछ। यसैले सिलगढीको इस्कन मन्दिरमा रथ यात्राको तयारी शुरू भएको छ। जगन्नाथ देवको रथ बनाउने काम आज शुक्रवारदेखि आरम्भ गरिएको छ। प्रथा अनुसार आज शंख बजाएर रथ यात्राको तयारी शुरू गरिएको छ। यस अवधि रथको सामु भजन-कीर्तन पनि गरियो। यस अवसरमा इस्कन मन्दिरका अध्यक्ष अखिल आत्मप्रिय दास, प्रधान पुजारी सुमन गोप दास, इस्कनको जनसम्पर्क अधिकारी नामकृष्ण दास तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *