सिलगढी जलापूर्ति विभागद्वारा फुलबारीमा पानीको पाइपको मरमति

राजगञ्ज : सिलगढी जलापूर्ति विभागले आज फुलबारीमा पाइपहरूको मरमति गरेर पानी खेरो जाने समस्याको समाधान गरेको छ। फुलबारीको टिस्टा नहरबाट पानी निकालेपछि उक्त पानीलाई शुद्ध गरेर सिलगढी सहरमा आपूर्ति गर्ने गरिन्छ। तर फुलबारी बाइपासमा पानीको पाइप फुटेपछि धेरै वर्ष अघिदेखि पानी खेरो गइरहेको थियो। यसैले आज केही समयको लागि पानीको आपूर्ति ठप्प गरेर उक्त पाइपहरूको मरमति गरियो। स्थानीय निवासी मिथुन सरकारले बताएअनुसार धेरै समय अघिदेखि फुलबारी मर्डरमोड़ इलाकामा पीएचईको पानीको पाइप फुटेपछि पानी खेरो गइरहेको थियो। आज उक्त भत्केको पाइपको मरमति गरेपछि अबदेखि पानी खेरो नहुने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.