सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गमा दुई वटा ट्रक ठोक्कियो, एकजना ट्रक चालक गम्भीर रूपमा घाइते

राजगञ्ज (निसं): सिलगढी-जलपाईगढी- 31 (डी) नेशनल हाई वे-मा  दुई वटा ट्रक आपसमा ठोक्किँदा एकजना ट्रक चालक गम्भीर रूपमा घाइते भएका छन्। प्रत्यक्षदर्शीहरूले बताए अनुसार माछा बोकेको दुई वटा ट्रक लाइनमा आन्ध्र प्रदेशदेखि असमतर्फ गइरहेको थियो। यस अवधि पछिल्तिरबाट आइरहेको एउटा कन्टेनरले दुवै वटा ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा अघिको ट्रक चालकले अचानक आफ्नो वाहनको गति कम गरेपछि पछिल्लो ट्रकले धक्का दियो। उक्त घटनामा पछिल्लो ट्रकको चालक गम्भीर रूपले घाइते भएको छ। उक्त घटनाको सूचना पाउन साथ राजगञ्ज थानाको पुलिस घटनास्थलमा पुगेर घाइते अवस्थामा ट्रक चालकलाई उद्धार गरेर नजिकको अस्पतालमा लग्यो। यसको साथै पुलिसले दुवै वटा ट्रकलाई आफ्नो नियन्त्रणमा ल्याएर घटनाबारे जाँच सुरू गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *