सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा युवक घाइते

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा परेर एकजना युवक घाइते भएको छ। उक्त घटना गत राति राजगञ्जको गन्डारमोड इलाकामा घटेको हो। घाइते युवक बिन्नागढी ग्राम पञ्चायतको लक्ष्मीजामादारगछ इलाका निवासी देवा रायको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार देवा राय बाइकमा सवार भएर गन्डारमोड इलाकामा सडक पार गरिरहेको समय जलपाईगढीतर्फबाट आइरहेको एउटा ट्रकले धक्का दिँदा तिनी सडकमा लडेपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई तत्कालै उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा लगिएको छ। अर्कोतिर, ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर बाइक र ट्रक आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *