सिलगढी जिल्ला अस्पतालको शौचालयबाट रोगीको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी : सिलगढी जिल्ला अस्पतालको शौचालयमा एकजना रोगीको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक रोगी एनजेपीको भालोबासा मोड इलाका निवासी 52 वर्षीय सरजीत चक्रवर्ती पेशाले गार्ड थिए। प्राप्त जानकारीअनुसार सरजीत चक्रवर्ती पेटको समस्याले गर्दा गत 18 दिसम्बरमा सिलगढी जिल्ला अस्पतालको सर्जिकल वार्डमा भर्ना थिए। हिजो राति उक्त वार्डको शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा तिनको शव उद्धार भएको बताइएको छ। परिवारका सदस्यहरूको आरोप अनुसार तिनीहरूलाई सरजीतको मृत्यु भएकोबारे कुनै खबर नदिएको बताए। पारिवारिक अशान्तिले गर्दा तिनी मानसिक तनाउमा थिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *