सिलगढी जिल्ला अस्पताल अघि फुटपाथ दखलमुक्त गर्न नगरनिगमको उच्छेद अभियान

सिलगढी : सिलगढी जिल्ला अस्पताल अघि फुटपाथ दखलमुक्त गराउन सिलगढी नगरनिगमले एकपल्ट फेरि अभियान चलायो। केही दिन अघि सिलगढी नगरनिगमले पुलिसको सहयोगमा सिलगढी जिल्ला अस्पतालको मुख्य गेटअघि फुटपाथ दखलमुक्त गराएको एक महिनाको अवधिमै फेरि केही व्यवसायीहरूले अस्पताल अघि फुटपाथ दखल गरेर दोकान चलाइरहेका छन्। खबर पाउनसाथ सिलगढी नगरनिगमले पुलिसको सहयोगमा फेरि अभियान चलाएर सिलगढी जिल्ला अस्पतालदेखि शुरू गरेर अदालतसम्मको फुटपाथलाई दखलमुक्त गराएको बताइएको छ। व्यवसायीहरूको आरोप अनुसार बारम्बार आफूहरूमाथि यस प्रकारको अत्याचार गरिरहेको छ। सहरको अन्य ठाउँमा पनि धेरैजनाले फुटपाथ दखल गरेर व्यवसाय चलाइरहे तापनि तिनीहरूविरुद्ध पुलिस तथा प्रशासनले किन कुनै पदक्षेप ग्रहण गरेको छैन। आफूहरूलाई फुटपाथबाट हटाए तापनि दोकान चलाउनको लागि अन्य निर्दिष्ट कुनै व्यवस्था गरिदिने व्यवसायीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *