सिलगढ़ी जिल्ला अस्पतालमा मास्क वितरण

सिलगढ़ी :सिलगढ़ी जिल्ला अस्पतालमा आज विभिन्न प्रकारका रोगहरूबाट बाँच्नको लागि बिमारी तथा तिनका आफन्तहरूलाई नि:शुल्क मास्क वितरण गरियो। रोगी कल्याण समितिका चेयरम्यान डा. रुद्रनाथ भट्टाचार्यले इमरजेन्सी विभागको सामु ओपीडी-मा स्वास्थ्य प्रति जागरूकता ल्याउनको लागि मानिसहरूलाई मास्क वितरण गरे। यस अवसरमा रुद्रनाथ भट्टाचार्यले नोभल कोरोना भाइरससँग सबै मानिसहरूसित नडराउने अपिल गरे। मास्क वितरण गर्नुको प्रमुख उद्देश्य नोभेल कोरोना भाइरस नभएर हाल भइरहेको मौसम परिवर्तनलाई ध्यानमा राखेर नै बिमारी तथा तिनका आफन्तहरूलाई आज मास्क वितरण गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *