सिलगढी जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको डिप्टी मेयरले गरे उद्घाटन

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पछि सिलगढी जिल्ला अस्पतालमा पनि आज अक्सिजन प्लान्टको उद्घाटन गरियो। स्मरण रहोस, कोरोना संक्रमणकालमा देशभरिमैं अक्सिजनको संकट देखा परेको थियो। यसैले गर्दा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा सिलगढी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट शुरू गरिएको थियो। प्राप्त जानकारी अनुसार सिलगढी जिल्ला अस्पतालको यो प्लान्टले प्रति मिनट 500 लिटर अक्सिजनको उत्पादन गर्ने क्षमता राख्दछ। सिलगढी नगर निगमको डिप्टी मेयर रञ्जन सरकारले आज उक्त अक्सिजन प्लान्टको विधिवत् रूपमा उद्घाटन गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *