सिलगढी जिल्ला अस्पतालमा डे केयर केमोथेरापी सेन्टरको उद्घाटन

सिलगढी : सिलगढी जिल्ला अस्पतालमा डे केयर केमोथेरापी सेन्टरको सिलगढी नगरनिगमका मेयर गौतम देवले आज विधिवत् रूपमा उद्घाटन गरे। तथापि, सिलगढी जिल्ला अस्पतालको उक्त केमोथेरापी सेन्टरमा अस्थायी रूपमा कार्य शुरू हुने बताइएको छ। क्यान्सर रोगीहरूले अबदेखि सिलगढी जिल्ला अस्पतालमा निःशुल्क केमोथेरापीको सुविधा पाउनेछन्। यस अवसरमा गौतम देवले भने, सिलगढी जिल्ला अस्पतालमा अस्थायी रूपमा केमोथेरापी सेन्टरको उद्घाटन गरियो। तथापि, यसको लागि चाँडै यहाँ स्थायी भवनको निर्माण गरेर पूर्ण रूपमा काम शुरू गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *