सिलगढी जिल्ला अस्पतालमा डे-केयर क्यान्सर थेरेपी युनिट शुरू गर्ने योजना

सिलगढी : सिलगढी जिल्ला अस्पतालमा डे-केयर क्यान्सर थेरेपी युनिट शुरू गर्ने योजना बनाइएको छ। मेयर गौतम देव र जिल्ला मुख्य स्वास्थ्य अधिकारी तुलसी प्रमाणिकले आज सिलगढी जिल्ला अस्पतालमा रोगी कल्याण समितिको साथमा एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा डे-केयर क्यान्सर थेरेपी युनिट र अस्पतालको देखभाल शुरू गर्ने लगायत विभिन्न मुद्दाहरूबारे चर्चा गरे। अर्कोतिर, जिल्ला अस्पतालका अधीक्षक प्रदीप भट्टाचार्यले भने, अस्पतालमा बेडको संख्या बढ़ेको छ। डे-केयर क्यान्सर थेरेपी युनिट शुरू गर्ने योजना रहेको छ भने अस्पतालको अर्थोपेडिक विभागमा सर्जरी शुरू गरिएको छ। अस्पतालमा रोगीको साथमा आएका परिवारका सदस्यहरूले भने, यदि डे-केयर क्यान्सर थेरेपी युनिट शुरू गरे आफूहरूलाई निक्कै सुविधा हुनेछ। क्यान्सरको उपचारको लागि रोगीलाई लिएर बाहिर जान पर्दैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *