सिलगढी जिल्ला अस्पतालमा माँ क्यान्टिन शुरू, 5 रुपियाँमा पाउनेछ भरपेट भोजन

सिलगढी : सिलगढी जिल्ला अस्पतालमा दिनहुँ धेरैजना रोगीहरू भर्ना हुने गर्दछ भने केही रोगीहरू आउटडोरमा पनि डाक्टरकोमा स्वास्थ्य जाँच गराउन आउने गर्दछ। केही रोगीका आफन्ताहरू खाना खानको लागि अस्पतालदेखि केही टाढा जाने गर्दछन्। तथापि, अस्पताल अघि खाना पाउने गरे तापनि यसको मूल्य अधिक हुने गर्दछ। यसैले उक्त समस्यालाई ध्यानमा राखेर अब जिल्ला अस्पतालमै केवल 5 रुपियाँमा भरपेट दिउँसोको भोजन पाउनेछ। अब 5 रुपियाँमा भात, दाल, सब्जी र अण्डा पाउनेछ।


सिलगढी नगरनिगमका मेयर गौतम देवले आज सिलगढी जिल्ला अस्पतालमा माँ क्यान्टिनको उद्घाटन गरे। यस अवधि मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार तथा सिलगढी जिल्ला अस्पतालका सुपर चन्दन घोषले उक्त क्यान्टिनमा बनाएको भोजनको लुफ्त उठाए। आज माँ क्यान्टिनको उद्घाटन भएपछि त्यहाँ खाना खान आउने मानिसहरूलाई मेयर गौतम देवले निःशुल्क खाना दिए। मेयर गौतम देवले भने, माँ क्यान्टिन प्रतिदिन दिउँसो 1 देखि 3 बजीसम्म खुल्ला रहनेछ। यसभन्दा अघि एनजेपी र बाग्राकोट नजिक नगरनिगमद्वारा माँ क्यान्टिन शुरू गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *