सिलगढी जर्नलिस्ट क्लबमा 71औँ गणतन्त्र दिवस पालन

सिलगढी : सिलगढी जर्नलिस्ट क्लबद्वारा पनि आज देशको 71औँ गणतन्त्र दिवस पालन गरियो। सिलगढीको कावाखाली स्थित नवनिर्माण गरिएको सिलगढी जर्नलिस्ट क्लबको भवन उत्तरियामा क्लबका अध्यक्ष प्रमोद गिरी तथा सचिव अंशुमन चक्रवर्तीले संयुक्त रूपमा आज बिहान राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै राष्ट्रगीत गाए। यस अवसरमा जर्नलिस्ट क्लबका विभिन्न पदाधिकारीगण तथा सदस्यहरू उपस्थित थिए। क्लबको तर्फबाट गणतन्त्र दिवसको शभ उपलक्ष्यमा मिठाईहरू पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *