सिलगढी जर्नलिस्ट क्लबको चुनाउ सम्पन्न

सिलगढी : सिलगढी जर्नलिस्ट क्लबको चुनाउ आज सम्पन्न भयो। प्रत्येक दुई वर्षपछि क्लबको चुनाउ हुने गर्दछ भने कोरोना महामारीले गर्दा यसपल्ट 6 महिना ढिलो भएको बताइएको छ। मतदानको अवधि बिहान 10 बजीदेखि साँझ 4 बजीसम्म रहनेछ। चुनाउलाई लिएर आज बिहानै क्लबका सदस्यहरूमा उत्साहको माहौल देखियो। क्लबको तर्फबाट दिउँसोको भोजनको व्यवस्था पनि गरिएको छ। यसको साथै लायन्स क्लब अफ सिलगढीको तर्फबाट आज सेनिटाइजर, माक्स वितरण गर्नको साथै निःशुल्क मोतियाबिन्द अपरेशनको पनि व्यवस्था गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *