सिलगढी जर्नलिस्ट्स क्लबको पहलमा गुलमा चियाकमानमा आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण

सिलगढी : सिलगढी जर्नलिस्ट क्लबको पहलमा रोटरी क्लब अफ् सिलगढी मिड टाउन एवम् इनर व्हील क्लब अफ् सिलगढी मिड टाउनको सहयोगमा गुलमा चियाकमानका आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गरियो। आज गुलमा चियाकमानकका लगभग 150 आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गर्नको साथै तिनीहरूलाई खाना पनि खुवाइयो। जर्नलिस्ट क्लबका सचिव अंशुमन चक्रवर्तीले बताएअनुसार आज रोटरी क्लबको सहयोगमा गुलमा चियाकमानका लगभग 150 आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गरियो। यसको साथै आगामी दिनमा जर्नलिस्ट क्लबले यस प्रकारको सामाजिक कार्य गर्ने तिनले बताए। इनर व्हील क्लब अफ् सिलगढी मिड टाउनका अध्यक्ष विनिता अग्रवालले बताएअनुसार जर्नलिस्ट क्लबसित मिलेर तिनीहरूले गुलमा चियाकमानका आवश्यकमन्द मानिसहरूलाई सहयोग गरेको साथै आगामी दिनमा सामाजिक कार्यहरू गरिरहने बताइन्। कार्यक्रममा सिलगढी जर्नलिस्ट क्लबका सचिव अंशुमन चक्रवर्ती, संयुक्त सचिव सब्यसाची भट्टाचार्य, जर्नलिस्ट क्लबका ईसी मेम्बर सन्दीप करनानी, सञ्चिता आइच र रोटरी क्लब अफ् सिलगढी मिट टाउनका अध्यक्ष प्रवीण अग्रवाल, इनर व्हील क्लब अफ् सिलगढीका अध्यक्षा विनिता अग्रवाल, रोटरी क्लबका भाइस डिस्ट्रिक्ट गभर्नर सन्दीप घोषाल लगायत क्लबका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *