सिलगढी जङ्क्शनमा आगलागीमा 5 वटा दोकान जलेर स्वाहा, एकजनाको मृत्यु, दुईजना घाइते

सिलगढी : दिपावलीको राति सिलगढी जङ्क्शनस्थित दोकानहरूमा भयावह आगलागी हुँदा 5 वटा दोकान जलेर खरानी भएको छ। यसको साथै आगलागीमा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य 2 जना गम्भीर रूपमा घाइते भएका छन्। मृतक व्यक्ति राम बाबुको रूपमा चिन्हित गरिएको छ।  प्राप्त जानकारी अनुसार  गत अबेर राति सिलगढी जङ्क्शनस्थित एउटा चिया दोकानमा आगो लागेको देखेपछि स्थानीय मानिसहरूले तत्कालै अग्निशमन विभागलाई जानकारी गराए।  घटनाको खबर पाएर दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग डेढ़ घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि आगलागीमा 5 वटा दोकान जलेर खरानी भएको बताइएको छ। आगलागीमा एकजना होटलका कर्मचारी राम बाबुको मृत्यु भएको छ भने अन्य 2 जना गम्भीर रूपमा घाइते भएका छन्। उक्त आगलागीमा 2 वटा होटल,  एउटा ग्यारेज, एउटा चिया दोकान जलेर स्वाहा भएको थाहा लागेको छ। अर्कोतिर, प्रधान नगर थानाका आईसी र एसीपी मनीष यादव पनि घटनास्थलमा पुगेका थिए। सिलगढी दमकल विभागका अधिकारी अजीत घोषले बताएअनुसार दमकलको 3 वटा इञ्जिनको सहयोगमा लगभग डेढ घण्टाको प्रयासपछि पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको भन्नेबारे हालसम्म थाहा नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *