सिलगढी जङ्क्शनबाट चोरी भएको वाहन आसनसोलबाट उद्धार, एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले गत राति गोप्य सूचनाको आधारमा चोरी भएको एउटा यात्री वाहक वाहनसहित आरोपी युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक पश्चिम वर्द्धमानको रूपनारायणपुर निवासी अश्विनी कुमार सिंहको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले सादा पोशाकमा हिजो राति अभियान चलाएर आसनसोलबाट एकजना युवकलाई चोरी गरेको वाहनसहित पक्राउ गरेर ट्रान्जिट रिमान्डमा लिएर आज साँझ सिलगढी आइपुगेको बताइएको छ।


प्राप्त जानकारीअनुसार गत 3 जनवरीमा अश्विनी कुमार सिंहले सिक्किमबाट राजेन्द्र कुमार राईको वाहन बिहार जानको लागि भाडामा लिएर जङ्क्शन आइपुगेपछि चालक राजेन्द्र चिया पिउनको लागि वाहनबाट बाहिर निस्केका थिए। यसपछि तिनी फर्किआउँदा उक्त वाहन नभेट्टाएपछि यसबारे गत 4 जनवरीमा प्रधान नगर थानामा एउटा अभियोग दर्ता गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *