सिलगढी जंक्शन इलाकाबाट 5000 भन्दा अधिक प्रतिबन्धित बोतल कफ सिरप जफत, 3 जना पक्राउ

सिलगढी (निसं)स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले सिलगढी जंक्शनबाट धेरै मात्रामा प्रतिबन्धित कफ सिरफ सहित 3 जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा धर्मेन्द्र सिंह, देवेन्द्र सिंह र शिव कुमार सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी-ले गोप्य सूचना पाएर सिलगढी जंक्शनको एउटा बस काउन्टर गएर जाँच शुरू गर्दा बोरामा हालेको  प्रतिबन्धित कफ सिरपको बोतलहरू उद्धार गर्यो। यसपछि एसओजी-ले घटनाको खबर प्रधान नगर थानालाई दिएपछि डिपुटी म्याजिस्ट्रेटको उपस्थितिमा कानूनी कार्वाही गर्दै 25 वटा बोराबाट 5 हजारभन्दा अधिक संख्यामा बोतल कफ सिरप जफत गरेको छ। सूत्र अनुसार उक्त प्रतिबन्धित कफ सिरप सिलगढीबाट गुवाहाटी पठाइने तयारी गरिरहेको थियो। उद्धार गरिएको प्रतिबन्धित कफ सिरपको बजार मूल्य लाखौं रूपियाँ रहेको बताइएको छ। अर्कोतिर, पक्रा पर्ने 3 जना आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर अदालतमा पेश गरिने भएको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *