सिलगढी जङ्क्सनमा इन्टरसिटी एक्सप्रेसमा बमको आतङ्क

सिलगढी : सिलगढीको जङ्क्सन स्टेसनको 1 नम्बर प्लाटफर्ममा रोकेर राखेको इन्टरसिटी एक्सप्रेसको एउटा कोचमा बमको आतङ्कले हो-हल्ला मच्चियो। प्राप्त जानकारीअनुसार अलिपुरद्वारबाट इन्टरसिटी एक्सप्रेस सिलगढी जङ्क्सन पुग्यो। उक्त ट्रेनको एउटा कोचमा सन्देहजनक अवस्थामा एउटा सुटकेस देखापरेपछि यसलाई लिएर बमको आतङ्क देखापर्यो। यसपछि तत्कालै उक्त प्लाटफर्म खाली गरेपछि सीआईडीको बम स्क्वाड टोलीलाई यसबारे खबर गराइयो। खबर पाएर सीआईडीको बम स्क्वाड टोली घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *