सिलगढी जङ्क्शन रेलवे स्टेशन नजिक आगलागी

सिलगढी (निसं): सिलगढीको जङ्क्शन रेलवे स्टेशन नजिक खाली ठाउँमा आगो लागेपछि भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार आज जङ्क्शन रेलवे स्टेशन र डेमु शेड बीच रहेको खाली ठाउँबाट रेल कर्मीहरूले धुवाँ निस्केको देखे। यसपछि आरपीएफ, जीआरपी र डेमु शेडका कर्मचारीहरू उक्त आगोलाई निभाउने प्रयास गर्नको साथै घटनाबारे दमकल विभागलाई खबर गराइयो। तथापि, रेलवे लाइनको कारण दमकल विभाग समयमै घटनास्थलमा पुग्न सकेन। बाल्टीमा पानी ल्याएर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। दमकलकर्मीहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याएपछि कुनै ठुलो दुर्घटनाबाट जोगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *