सिलगढी जङ्क्शन रेलवे स्टेशनस्थित यात्री प्रतिक्षालयमा आगलागी

सिलगढी : सिलगढी जङ्क्शन रेलवे स्टेशनको दोस्रो तल्लामा रहेको यात्री प्रतिक्षालयमा आगलागीको घटना घटेको छ। तथापि, आरपीएफ र जीआरपीको तत्परतामा कुनै अप्रिय घटना हुनबाट जोगियो। प्राप्त जानकारी अनुसार यात्री प्रतिक्षालयके दोस्रो तल्लाबाट आज बिहान धुवाँ निस्केको देखेपछि ड्युटीमा तैनाथ जीआरपी र आरपीएफ-को टीमलाई आगलागीबारे जानकारी गराएपछि आरपीएफ र जीआरपी टीमले आगोलालाई निभाउने प्रयास गरे। अर्कोतिर, दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर लगभग आधा घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आरपीएफ, जीआरपी र दमकल विभागको सहयोगमा ठुलो दुर्घटना हुनबाट जोगियो। अर्कोतिर, एक नम्बर वार्ड पार्षद सञ्जय पाठक आगलागीको खबर पाएर घटनास्थलमा पुगे। तिनले भने, आगलागीले गर्दा कुनै ठुलो दुर्घटना हुन सक्थ्यो। तर समयमै जीआरपी र आरपीएफको तत्परतामा आगोलालाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।  दमकल अधिकारीले बताएअनुसार सम्भवतः यात्रीको लापर्वाहीले गर्दा उक्त आगलागीको घटना भएको हुनसक्छ। तरै पनि यसको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *